काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन तथा जिम्मेवारी हेरफेर गरेका छन् ।

जसअन्तर्गत अब उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री कार्यालयको कार्य गर्नेछन् । प्रधानमन्त्री ओलीले भने रक्षा मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्रीको कार्यमा अभ्यस्त बनाउन जिम्मेवारी दिइएको बताइएको छ । उनलाई रक्षामन्त्रीको रुपमा नभएर उपप्रधानमन्त्री रहेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको जिम्मेवारी दिने गरी हेरफेर गरिएको छ ।

आजै अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठलाई नियुक्त भएका छन् । त्यस्तै, प्रधानमन्त्री ओलीले सञ्चारमन्त्रीमा पार्वत गुरूङलाई नियुक्त गरेका छन् ।

उनीहरु तीनै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी छन् ।

यसअघि प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । उनीहरुबीचको सहमतिले नै मन्त्रिपरिषद पुनर्गठन गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय