चाँडै कोरोनामुक्त भएर जनताको सेवामा फर्किन्छः मेयर फागो

उर्लाबारी । उर्लाबारी नगरवासीहरुलाई निरन्तर कोरोना भाइरसको संक्रमणबाट जोगाउन खटिएका उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई नै कोरोना पोजेटिभ देखिएको छ ।
शनिबार आएको रिपार्टमा मेयर फागोसहित स्वास्थ्य शाखाका सह–संयोजक सुरेश खड्कालाई पनि कोरोना पोजेटिभ देखिएको हो । मेयर फागोले टेलिफोनमा आफूलाई कोरोना पोजेटिभ देखिएको जनाउँदै सबैलाई सचेत बन्न अपिल
गरेका छन् । उनले आफूसँग सम्पर्कमा आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानमा कार्यरत उर्लाबारी–५ का मुक्ति दाहालले आत्महत्या गरेको विषय उत्पन्न विवाद समाधानमा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित नेकपाका केन्द्र, जिल्ला तथा स्थानीय तहका नेताहरुसँगसमेत भेटघाट भएको थियो । ठूलो संख्यामा उपस्थितसँग मेयर फागोको भेटघाट भएको थियो । सरकारले २०७६ चैत्र ११ गतेदेखि गरेको लकडाउनमा निरन्तर मेयर फागो सक्रिय रहेका थिए ।
जनतालाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन, राहत वितरणजस्ता कार्यमा मात्र नभई विपन्न अवस्थामा आर्थिक अभावले उपचार नपाएका
विरामीको उपचारमा समन्वयकारी भूमिका निर्वाह गरेका थिए । मेयर फागोले आफू चाँडै कोरोना मुक्त भएर जनताको सेवामा फर्किने बताएका छन् । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताएका छन् । समुदाय स्तरमा
कोरोना ब्यापक रुपमा फैलिने खतरा रहेकाले त्यसतर्फ जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी सचेत र सजग रहन पनि उनले अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर