
उर्लाबारी । उर्लाबारी नगरपालिका कर्मचारी इन्द्र आपागाईलाई कोरोना पोजेटिभ देखिएको छ ।
नगरपालिकाको सवारी चालक दरबन्दीमा रहेका आपागाई मेयर खड्ग फागो चढ्ने गाडी चलाउँदै आएका थिए । केही समयअघि देखि अस्वथ्य रहेका आपागाईलाई कोरोना पोजेटिभ देखिएपनि अवस्था सामान्य रहेको छ । अहिले उनी होम क्वारेन्टाइनमा रहेका छन् । उनले फोन सम्पर्कमा भने अवस्था सामान्य छ, केही समयमा ठिक भएर काममा फर्किनेछु । चालक आपागाईमा कोरोना देखिएपछि मेयर फागो पनि होम आइसुलेसन छन् ।