काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाक सेवा रुपान्तरण हुनुपर्ने बताएका छन् ।

हाल विकास भइरहेको सेवाको विकास र विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिएका छन् । १४६ औं विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सञ्चार क्षेत्रमा भइरहेको परिवर्तनसँगै हुलाक सेवामा समेत रुपान्तरणको आवश्यकता रहेको बताएका हुन् ।

नेपालको हुलाक सेवालाई समयानुकूल प्रभावकारी, प्रतिस्पर्धी, आत्मनिर्भर र व्यावसायिक बनाएर नागरिकको माग र चाहनाअनुसार लय मिलाएर काम गर्नुपर्ने उनको भनाइ छ । हुलाक सेवा जनस्तरमा सञ्चार सेवा उपलब्ध गराउने संसारकै सबैभन्दा पुरानो र ऐतिहासिक सेवा भएकाले यसलाई समयअनुसार रुपान्तरण गरेर अघि बढाउनुपर्ने उनले बताए ।

नेपालमा विसं १९३५ सालमा हुलाक घरको स्थापना भएर संस्थागत रुपमा हुलाक सेवा सुरु भएको थियो । तर, पछिल्लो समय विभिन्न खालका सञ्चारका माध्यम र प्रविधिको विकास सँगै नेपालमा यसको प्रभावकाकारिता घट्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय