उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका एक जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
आज आएको रिपोर्ट अनुसार ३६ बर्षीय कर्मचारीलाई कोरोना देखिएको हो । ती कर्मचारीलाई कोरोना देखिएसँगै उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो होम क्वारेन्टाइनमा बसेका छन् । उनले टेलिफोन सम्पर्कमा भने सम्पूर्ण उर्लाबारी नगरबासीहरुलाई सचेत रहन पनि अपिल गरे । समुदाय स्तरमा कोरोना देखिन थालेकाले अब सबै सचेत र सर्तक रहन आवश्यक रहेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय