उर्लाबारी । मोरङको उर्लाबारी– ५ निवासी मुक्तिनाथ दाहालको आत्महत्या प्रकरणका दोषीलाई उन्मुक्ति दिने चलखेल भएको भन्दै विद्यार्थी आन्दोलित बनेका छन् ।
मदन भण्डारी स्मृति प्रतिष्ठानमा २५ वर्षदेखि प्रशासन र लेखा अधिकृतमा कार्यरत दाहाललाई मानसिक तनाब दिएर आत्महत्या गर्न बाध्य पारिएको भन्दै दोषीलाई कार्वाही गर्न विद्यार्थीले माग गरेका हुन् । आज मदन भण्डारी स्मृति प्रतिष्ठानमा अध्ययरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुले मदन स्मृति प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्याल कार्वाही र अध्यक्ष गुरुप्रसाद बरालको राजीनाममा माग गरेका छन् । इमान्दार कर्मचारी दाहाललाई मानशिक दबाब दिएर आत्महत्या गर्न बाध्य पारिएको पूर्व विद्यार्थी सुमित सेनको भनाई छ । दोषीलाई कार्वाही नभएसम्म आन्दोलन नरोकिने उनले चेतावनी दिए ।
मुक्ति सरको परिवारले न्यायका लागि विद्यार्थीहरुले चरणबद्ध तरिकाले अघि बढ्ने प्रविण खतिवडाले बताएका छन् । त्यस्तै, विद्यार्थी सर्मिला गौतमले मुक्ति सरका न्यायका लागि विद्यार्थीहरु एकजुट भएर आन्दोलनमा उत्रिएको बताइन् ।
पूर्व विद्यार्थी मनिष दाहालले अभिभावक जस्तो भूमिका निर्वाह गर्ने मुक्ति सरलाई आत्महत्या गर्न बाध्य पारेको दाबी गरे । घटनामा अध्यक्ष, कार्यकारी निर्देशक र लेखा प्रमुखको ठुलो हात रहेको उनले बताए ।

सामाजिक क्षेत्रमा स्थानीय अगुवासमेत रहेका दाहालको निधन अस्वभाविक भन्दै स्थानीय र परिवारजनले शव उठाउन मानेका थिएनन् । परिवारसँगको सहमतिपछि मंगलबार अन्तिम संस्कार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय