उर्लाबारी । मोरङको उर्लाबारीमा गत माघमा सम्पन्न प्रादेशिक महोत्सवबाट १० लाख रुपैयाँ नाफा भएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी माघ २१ देखि २९ गतेसम्म सञ्चालन भएको प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा संघलाई १० लाख रुपैयाँ नाफा भएको जानकारी गराइएको हो ।
महोत्सवका संयोजक तथा संघका पूर्व अध्यक्ष चन्द्रबहादुर भट्टराई ‘भरत’ले विविध कारणबाट हिसाव सार्वजनिक गर्न ढिला भएता पनि संघले उद्देश्य अनुरुप उपलब्धि हासिल गरेको बताउनुभयो । महोत्सवमा ४५ हजार दर्शकले अवलोकन गरेको र १ सय ७० व्यवसायिक स्टलबाट १ करोड १० लाख बराबरको कारोबार भएको उहाँले जानकारी दिनुभयो । महोत्सवबाट संघलाई १० लाख २ हजार ५ सय ७९ रुपैयाँ नाफा प्राप्त भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा संघका अध्यक्ष शेरबहादुर भण्डारीले उर्लाबारीमा १५ वर्षपछि आयोजना गरिएको महोत्सवले नगरको आर्थिक उचाइ बढ्नुको साथै औद्योगिक र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव परेको बताउनुभयो । सो अवसरमा संघका पूर्वअध्यक्षहरु तेजकुमार रिजाल, कल्याणराज भण्डारी, प्रेमचन्द्र बाहेती, केशबबहादुर कार्की, धर्मराज शाक्य, निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार प्रितम खड्गीलगायत संघका पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय