उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०।०८१ का लागि ८१ करोड ६६ लाख २८ हजार ३ सय रुपैयाँको बजेट ल्याएको छ ।
बुधबार भएको मिक्लाजुङ गाउँपालिकाको १२ औं गाउँसभा युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो । मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मा रहेको मधुमल्ला पार्टी प्यालेसमा भएको उक्त कार्यक्रम आगामी आ.ब. ०८० । ०८१ का लागि बिनियोजित बजेट मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले पेश गर्नु भएको थियो । बजेट माथि सभा सदस्यहरूले राखेका सुझाबहरूमा उपाध्यक्ष पौडेलले उत्तर दिँदै आ. ब. ०८० । ०८१ को बजेट सर्वसम्मतले पारित भएको छ । आगामी आर्थिक वर्षको कुल बजेट ८१ करोड ६६ लाख २८ हजार ३ सयमध्ये चालु खर्च ४२ करोड ५ लाख ६३ हजार ५७४ र पुँजीगत तर्फ ३९ करोड ६० लाख ६४ हजार ७२६ रुपैयाँ बिनियोजन गरेको छ । आर्थिक वर्षका लागि बजेट निर्माण गर्दा उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्ने कृषि, स्वास्थ्य शिक्षा क्षेत्रको गुणस्तर सुधार, पिछडिएको बर्ग र क्षेत्रको सामाजिक तथा आर्थिक रूपान्तरण, वातावरण संरक्षण तथा प्रकोप व्यवस्थापन, सामाजिक सुरक्षा र युवा महिला तथा बालबालिकाको क्षमता विकासलाई प्राथमिकता दिइएको छ । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबी कुमार राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु बल्लभ बरालले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय