उर्लाबारी । पटक – पटक विवादित मदन भण्डारी स्मृति प्रतिष्ठानका कार्यकारी निर्देशक अर्यालले दिएको मानसिक तनावका कारण प्रशासन तथा लेखा प्रमुख मुक्तिनाथ दाहालले आत्महत्या गरेको परिवारले बताएका छन् ।
यसअघि विमा समितिको कार्यकारी निर्देशक बर्खास्तमा परेका अर्याल प्रतिष्ठान आएदेखी नै तानाशाही तरिकाले चल्दै आएका थिए । उनी आएपछि थुप्रै कर्मचारीले प्रतिष्ठानले जागिर छाडेका थिए भने केही निकालिएको समेत थियो । निर्देशक अर्यालले कर्मचारीलाई हप्कीदप्ती र मानसिक यातना दिने गरेको अन्य कर्मचारीहरु बताउँछन् । प्रतिष्ठानमा कार्यरत उर्लाबारी – ५ का मुक्तिनाथ दाहालको आत्महत्या निर्देशक अर्यालकै कारण भएको पिडीत परिवारले बताएका छन् । मंगलबार दिनभर परिवार र स्थानीयबासीले अर्याललाई तुरन्त पक्राउ गरी कारबाही गर्न माग गर्दै दाहालको शव उठाएका थिएनन् । यद्यपी सहमति साँझ शवको अन्तिम संस्कार गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) का उर्लाबारी नगर कमिटी सदस्य समेत रहेका दाहाल प्रतिष्ठानका पुराना कर्मचारी हुन् । उनी उर्लाबारीकै पुरानो हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कोषाध्यक्ष समेत हुन् । मृतक दाहाल प्रतिष्ठान स्थापना भएदेखि नै २०५२ सालबाट कार्यरत रहनुभएको थियो । निर्देशक अर्याल यसअघि सोमबार दमकको ताराबारीस्थित दाहाल मृत भेटिएको स्थलमा केहीबेर मात्र बसेका थिए । यसअघि २०७० सालमा विमा समितिले अर्याललाई स्पष्टिकरण सोध्दै बर्खास्त गरेको थियो । विमा समितिमा कार्यकारी निर्देशक नियुक्त हुँदा अर्यालले गतल सूचना दिएर योग्यता पुरा गरेको, बीमा समितिमा नियुक्ति पाएपछि सूचना लुकाएर अन्य कम्पनी सञ्चालन गरेको तथा आफूलाई आर्थिक लाभ हुने गरी बीमाको दावी भुक्तानी लिएको भन्दै बर्खास्तमा परेका थिए । अर्यालले विमा समितिमा कार्यकारी निर्देशक नियुक्ति लिंदा उनी अर्याल कन्स्ट्रक्सन ट्रेडिङ एण्ड कन्सल्टेन्सी र वृष्टि टुर्स एण्ड ट्राभल जस्ता कम्पनीको सञ्चालक थिए । कानुनत उनी यी संस्थाको सञ्चालक भएपछि बीमा समितिको कार्यकारी निर्देशकमा उम्मेदवार बन्न नपाउने तर्क बीमा समितिको थियो । अर्यालले आफ्नो स्वामित्वमा रहेको अर्यालय कन्स्ट्रक्सन ट्रेडिङ्ग एण्ड कन्सल्टेन्सी प्रा.लीको नाममा रहेको स्काभेटर दुर्घटना भएपछि बीमा दावी गरेका थिए । अर्यालले आफूलाई नै आर्थिक लाभ हुने गरी निर्णय गराई सोही निर्णइको आधारमा दावी भुक्तानी लिनु पनि गैरकानूनी भएको बीमा समितिको दाबी रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय