
उर्लाबारी । मदन भण्डारी स्मृति प्रतिष्ठानमा कार्यरत उर्लाबारी–५ निवासी ४८ बर्षीय मुक्तिनाथ दाहालले आत्महत्याको विषयमा देखिएको विवाद साम्य भएको छ ।
हिजो झापाको दमक नगरपालिकाको ताराबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको स्वास्थ्य क्याम्पसमा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रतिष्ठानका प्रबन्धक निर्देशक विनोद अर्यालको मानसिक तनाबका कारण दाहालले आत्महत्या गरेको भन्दै आज विहानैदेखि स्थानीय र आफन्तले शव उठाउन मानेका थिएनन् । मृतक दाहालको निकास उर्लाबारी–५ विहानैदेखि तनाबग्रस्त देखिएको छ ।
प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित नेकपाका केन्द्रीय नेताहरु विहानैदेखि मृतक दाहालको घरमा पुगेका थिए । अन्तेष्टीका लागि आएका मन्त्री तथा नेताहरुले लामो कसरत गरेर बेलुकातिर घटना मिलाएका थिए । प्रबन्धक निर्देशक अर्याललाई पक्राउ गरी कार्वाही गर्ने, मृतक दाहालका दुई छोराको अध्ययनका लागि प्रबन्ध मिलाउने, मृतक पत्नीलाई प्रतिष्ठानमा स्थायी कर्मचारीको ब्यवस्थापन गर्नेलगायत सहमति पछि पीडित पक्ष अन्तेष्टीका लागि तयार बनेका हुन् । आज नै स्थानीय बक्राहा खोलामा दाहालको शवको अन्तेष्टी गरिएको छ ।