
उर्लाबारी । मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालमाथी आज विहान आक्रमण भएको छ ।
प्रतिष्ठानमा कार्यरत उर्लाबारी–५ निवासी ४८ बर्षीय मुक्तिनाथ दाहालले आत्महत्याको विषयमा आक्रोशित भिडले आक्रमण गरेको हो । आक्रमणबाट केही स्थानीयले जोगाएर घरभित्र लगेका थिए । बराललाई कुनै चोटपटक भने लागेको छैन । अध्यक्ष बराल र प्रबन्धक निर्देशक विनोद अर्यालको टर्चरले दाहालले बाध्य भएर आत्महत्या गरेको आफन्त र स्थानीयको आरोप छ । अर्याललाई पक्राउ गरी कानुनी कार्वाही नगरेसम्म शव नउठाउने पीडित पक्षले अडान लिएको छ । अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित नेकपाका केन्द्रीय नेताहरु मृतक दाहालको घरमा पुगिसकेका छन् ।