सरोज बस्नेत
उर्लाबारी । उर्लाबारी नगरपालिकाको दशौं नगरसभाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३० करोड ४० लाख बराबरको बजेट ल्याएको छ ।
शनिबार उपप्रमुख मीनाकुमारी खतिवडा पौडेलले नीति, कार्यक्रम तथा बजेट पेश गर्नुभएको हो । बजेटमा चालू खर्चतर्फ ५७ करोड ३७ लाख ९३ हजार ७ सय २०, पुँजीगततर्फ ७३ करोड २ लाख ८२ हजार ९ सय १८ अनुमान गरिएको छ । आन्तरिक आम्दानीतर्फ ५ करोड ७८ लाख ७ हजार, संघीय सरकार राजश्व बाँडफाँडतर्फ ११ करोड ९ लाख ६७ हजार, समानिकरणतर्फ १५ करोड ६५ लाख, विशेष अनुदान २ करोड, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर ३ लाख ७० हजार २ सय ६०, वित्तिय समानिकरण प्रदेश सरकारतर्फ १ करोड ९९ हजार, सवारी साधन कर बाँडफाँड प्रदेश सरकारतर्फ ९२ लाख ९४ हजार, सडक बोर्डबाट प्राप्त हुने रकम ५८ लाख, संघीय सरकार सशर्त अनुदानतर्फ ५९ करोड ७३ लाख, प्रदेश सरकार सर्शत अनुदानतर्फ ४५ लाख रहेको छ ।
त्यस्तै, आयतर्फ नै रजिष्ट्रेशन बाँडफाँडबाट भई प्राप्त वन रोयल्टी २१ लाख, प्रदेश सरकार समपूरक अनुदानतर्फ १ करोड ५० लाख, अन्य बाँडफाँडबाट प्राप्त हुने २ करोड ६५ ला, जनसहभागितातर्फ १ करोड ९० लाख र आर्थिक बर्ष २०७९÷०८० को मौज्दाततर्फ २० करोड १० लाख ३९ हजार ३ सय ७८ गरी कुल आम्दानी १ अर्ब ३० करोड ४० लाख ७६ हजार ६ सय ३८ रुपैयाँ अनुमान गरिएको छ ।
त्यस्तै, ब्ययतर्फ ५९ करोड ७३ लाख, संघीय सरकार विशेष अनुदानतर्फ १ करोड ५० लाख, विशेष अनुदानतर्फ २ करोड, समपुरक अनुदानतर्फ १ करोड, प्रदेश सरकार समपूरक अनुदानतर्फ १ करोड ५० लाख, सर्शत अनुदानतर्फ ४५ लाख, सडक बोर्डबाट प्राप्त हुने रकम सडक मर्मततर्फ ५८ लाख, जनसहभागितातर्फ १ करोड ९० लाख, चालु तथा प्रशासनिक खर्चतर्फ १३ करोड ५६ लाख ४० हजार, ४ सय ९७, नगर गौरब आयोजनाको लागि आवश्यक रकम ७५ लाख, नगरपालिकाको समपूरक कोषतर्फ २ करोड, भवन निर्माणतर्फ १ करोड ५० लाख, ऐन बमोजिम नगरपालिकाले आफैले गर्नु पर्ने अत्यावश्यक कार्यहरुतर्फ २ करोड ८५ लाख, विपद् ब्यवस्थापन कोषमा १ करोड २५ लाख, आकस्मित कोषमा २५ लाख, मर्मत सम्भार कोषमा १ करोड २५ लाख, गत बर्षको क्रमागत योजनातर्फ २ करोड ८३ लाख ६१ हजार १ सय ४१ र नगरपालिका विषय क्षेत्रगत योजना तथा कार्यक्रमको एकमुष्ट ३६ करोड ९९ लाख ७५ हजार गरी कुल खर्च १ अर्ब ३० करोड ४० लाख ७८ हजार ६ सय ३८ रुपैयाँ अनुमान गरिएको छ । नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा भएको सभामा प्रदेश सांसद उमाकान्त गौतम, विद्या चाम्लिङ, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।
पूरा बजेट हेर्न लिंकमा हेर्नुहोस् आर्थिक-वर्ष-२०८०८१-को-बजेट-बक्तव्य
https://www.youtube.com/watch?v=mSc8yyfxnFY