
काठमाडौँ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुङ्गा प्रहार भएको छ ।
काठमाडौँबाट बुटवल जाँदै गरेको मुख्यमन्त्री पोखरेल सवार गाडीमा राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो ।
मुख्यमन्त्री पोखरेललाई नै ताकेर ढुंगा प्रहार भएको बताइएको छ । घटनामा संलग्न केहीलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, स्थिति साम्य पार्न प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको थियो । हाल घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आक्रमणबाट मुख्यमन्त्री पोखरेललाई केही भएको छैन भने गाडीमा भने क्षति भएको बताइएको छ । योजनावद्द ढंगले मुख्यमन्त्री पोखरेललाई निशाना बनाएर ढुंगा हानिएको बताइएको छ ।