उर्लाबारी । मोरङको मिक्लाजुङ–२ मा पर्छ चुली पोखरी । यस गाउँमा ४५ घर रहेका छन् । गाउँका सबै कृषि पेशामा आबद्ध छन् ।
प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक संस्कृति, स्थानीयको आत्मीय व्यवहार एवं यहाँ रहेको चुलीपोखरी चर्चासँगै ठाउँठाउँबाट पर्यटक पुग्न थालेका छन् । इलामको चुलाचुली र मिक्लाजुङ–२ को कुईनेटार हुँदै २ घण्टा पैदलयात्रा हुँदै चुली पोखरी पुग्न सकिन्छ भने मिक्लाजुङ–२ कै साखरे हुँदै सवारी साधनमार्फत यहाँ पुग्न सकिन्छ । साखरेबाट करिब ४ किलोमिटरमा चुली पोखरी रहेको छ । यो सडक निर्माण भइरहेको छ ।

२० लाख रुपैयाँ बजेटमा धमाधम सडक निर्माणको काम भइरहेको मिक्लाजुङ वडा नं. २ का वडाध्यक्ष बलबहादुर श्रेष्ठ (अर्पण) ले बताउनुभयो । हाइकिङमार्फत चुली पोखरीको प्रर्वद्धन गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । आज वडाध्यक्ष श्रेष्ठसहित मिक्लाजुङ वडा नं. ५ का वडाध्यक्ष मेघनाथ तामाङ, सञ्चारकर्मी सरोज बस्नेत, सन्तोष गौतम, किशोर निरौला, विजय धिमाल, छबी श्रेष्ठ, समिर पौडल, इन्जिनियर राजेश श्रेष्ठ, साहित्कार रुद्र धुलो, युद्ध खड्कालगायत चुली पोखरी पुगेर पर्यटन प्रबद्र्धनका विषयमा छलफल गरेका छन् । सो टोली करिब २ घण्टाको पैदल यात्रामार्फत चुली पोखरी पुगेको थियो । एकान्त वातावरणका कारण आन्तरिक पर्यटकहरुको रोजाईमा चुलीपोखरी पर्ने सम्भावना रहेको उर्लाबारीका युवा छबी श्रेष्ठको भनाई छ । निकै उत्कृष्ट गतब्य चुलीपोखरी रहेको उहाँको भनाई छ । चुली पोखरीलाई पर्यटकीय क्षेत्रमा रुपमा विकसित बनाउने विषयमा स्थानीयबासीहरुसँगसमेत छलफल भएको छ । तत्काल चुली पोखरी क्षेत्रमा होमस्टे सञ्चालनका लागि पहल थाल्ने वडाध्यक्ष श्रेष्ठले प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय