उर्लाबारी । मोरङको रतुवामाई नगरपालिकामा झुटा विवरण पेश गरी समाजिक सुरक्षा भक्ता अपचलन तथा नियतवस चलखेल भएको नेकपा माओवादी केन्द्र रतुवामाईले ठहर गरेको छ ।
आज नेकपा माओवादी केन्द्र रतुवामाई नगर अध्यक्ष प्रकाश साह र सचिब बद्री पोखरेल (विनय) ले संयुक्त हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ–‘ नेकपा एमाले वडा नं. ६ का अध्यक्षसमेत रहेका मेघदिप पोखरेलकी कान्छी श्रीमति तारादेवी पोखरेल हकवाला राखी भत्ता लिने उमेरै नपुगी जेठी श्रीमति तुलसादेवी बरालको २०१६ साल जन्म भएको मिति भएको नागरिकता प्रमाणपत्रलाई केरकार गरी २०० साल बनाई झुटो विवरण पेश गरी विगत २०७६÷०७७ देखि सामाजिक सुरक्षा भत्ता ६ नम्बरका वडाध्यक्षको मिलोमतोमा बद्नियत ढंगले बुझिलिएको ठहर छ ।’ रतुवामाई नगरपालिका वडा नं. ६ का निर्वाचित वडाध्यक्ष तुलाराज लुईटेलकी श्रीमतिको जन्म २०११ साल र फोटोसहितको मतदाता नामावलीको जन्म २०१८ साल भएकोमा प्रतिलिपि नागरिकता पेश गरी २०७९ साल फागुनदेखि भक्तकुमारी लुईटेलको नाममा हकवाला वडाध्यक्ष तुलाराम लुईटेल आफैंले रही भत्ता बुझिलिएको खबर सार्वजनिक भएकोप्रति माओवादी रतुवामाईले खेद जनाउँदै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सुरक्षा कानुन विपरीत कोषको अपचलन तथा दुरुप्रयोग गर्ने वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारीलगायतलाई निष्पक्ष छानविन गरी दोषीलाई कार्वाही गर्न माओवादीले माग गरेको छ । सामाजिक सुरक्षा भत्तामा प्रश्न चिन्ह खडा भएकाले १० वटै वटा सामाजिक सुरक्षा भत्ताको विवरण छानविन गर्न पनि नगरपालिकालाई आग्रह गरिएको छ ।
ADVERTISEMENT