उर्लाबारी । मोरङको रतुवामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तुलाराज लुईटेलले गैरबृद्धालाई भत्ता वितरण गरेर सामाजिक सुरक्षा भक्ता अपचलन गरेको भन्दै कार्वाही गर्न माग गरिएको छ ।
स्थानीयले वडाध्यक्ष लुईटेललाई कार्वाही गर्न माग गरेका हुन् । रतुवामाई ६ का जीवन पनेरुलगायतले रतुवामाई नगरपालिका, जिल्ला प्रशासन कार्यालय मोरङ, इलाका प्रशासन कार्यालय रंगेली र इलाका प्रहरी कार्यालय सिजुवामा कार्वाहीको मागसहित पत्र बुझाएका छन् ।
रतुवामाई नगरपालिकाकी तुलसादेवी बरालको २०१६ साल जन्म भएको मिति भएको नागरिकता प्रमाणपत्रलाई केरकार गरी २०० साल बनाई झुटो विवरण पेश गरी विगत २०७६÷०७७ देखि र जन्म २०११ साल र फोटोसहितको मतदाता नामावलीको जन्म २०१८ साल भएकोमा प्रतिलिपि नागरिकता पेश गरी २०७९ साल फागुनदेखि भक्तकुमारी लुईटेलको नाममा भत्ता बुझिलिएको खबर सार्वजनिक भएकोपछि स्थानीयले वडाध्यक्षलाई कार्वाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय