उर्लाबारी । मोरङको उर्लाबारी–६ की ७० बर्षीया बृद्धामा कोरोना संक्रमण देखिएको छ ।
अपाङ्गता बृद्धामा कोरोना संक्रमण देखिएको भएपनि आधिकारीक रुपमा जानकारी भने आइनसकेको उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । अल्सरको बिरामी भई नोबेले अस्पताल बिराटनगरमा उपचारको क्रममा पिसिआर टेष्ट गरिएको थियो । सोही टेष्टको रिपार्ट आज आएपछि अस्पतालले बृद्धालाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएको थियो । अस्पतालले कोरोना देखिएको खबर गरेपछि परिवारलाई नै होमआइसुलेसनमा राखिएको वडाध्यक्ष चिन्तामणि पौडेलले जानकारी दिनुभयो । बृद्धासँग सम्पर्कमा रहेका ९ जनालाई होमआइसुलेसनमा बस्न भनिएको स्वास्थ्य शाखाका रेनुकाप्रसाद काफ्लेले जानकारी दिए । आज नै उर्लाबारी–२ की ८४ बर्षीया बृद्धाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय