
उर्लाबारी । उर्लाबारी वडा नं. २ मा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएपछि सतर्कता अपनाउन वडाबासीमा अपिल गरिएको छ ।
वडा नं. २ को सामाजिक सञ्जालमार्फत सम्पूर्ण वडाबासीमा थप सतर्कता अपनाउन अपिल गरेको हो । वडाध्यक्ष राजन कडेलले पनि कोरोना संक्रमित बृद्धासँग सम्पर्क रहनु भएका सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ । वडामा बृद्धाको मृत्युसँगै वडाबासी जोखिममा देखिएकाले थप सतर्कता अपनाउन पनि वडाबासीलाई अपिल गर्नुभएको छ ।