उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो निरन्तर जनताको समस्या समाधानमा खटिरहेका छन् ।
विपन्न अवस्थामा आर्थिक अभावले उपचार नपाएका विरामीको उपचारमा समन्वयकारी भूमिका निर्वाह गर्ने होस् वा विकास निर्माणका काममा उनी खटिने गरेका हुन् । विश्वभरी फैलिएको कोरोना भाइरसको न्यूनिकरण र जनतालाई सचेतना फैलाउने काममा स्वम् नगरप्रमुख फागो खटिएका थिए भने राहत वितरणलगायत कार्यसमेत गरे । उर्लाबारी नगरपालिकामा विदेशबाट आएका १२ जना बाहेक समूदाय स्तरमा हालसम्म कोरोना भाइरस देखिएको छैन ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित नगरप्रमुख फागोले जनताको हितमा रहेर काम गर्दै आएका छन् । नगरपालिकामा आउने जनतालाई सहज रुपमा सेवा प्रदान गर्न कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् । नगरप्रमुखमा निर्वाचितसँगै फागोले नगरपालिकामा कसैलाई सेवाका नाममा अनावश्यक रकम मागेको खण्डमा कडा कार्वाही चेतावनीसँगै कर्मचारीको सातो उडेको थियो । नागरिकता नहुँदा एकल र ज्येष्ठ नागरिक भत्ता नपाएको, व्यवसायिक कृषि, सडक, विद्युत लाइन,सहुलियत दरमा ऋणको व्यवस्थालगायतका आएका गुनासोलाई सहजीकरणसमेत गर्दै आएका छन् । नगरप्रमुख फागो कहाँ समस्या लिएर जाने जो कोहीको पनि समस्या समाधान हुने गरेको छ । आश्वसान मात्र लिएर फर्कनु नपर्ने सिधै सम्बन्धित निकायमार्फत काम गराउने नगरप्रमुख फागोको शैली रहेको छ । ४५ बर्ष पुगेका फागोका बाजे बि.सं १९७५ मा उर्लाबारी आई बसोबास गर्थे । उनको पुर्खा मोरङ र धनकुटा दुवै ठाँउमा बसोबास गर्थे । फागोको जन्म धनकुटाको साविक कुरुले तेनुपा वार्ड नं २ (हाल चौबिसे गाउपालिकामा) भएको थियो । बुबा चञ्चलाल फागो र दुई आमा ठुलिआमा जयकालि फागो र नरमाया फागोमध्ये,नरमाया पट्टिका फागो कान्छो छोरा हुन् । नरमायापट्टिबाट उनका दुई दाजु र पाँच दिदीहरू रहेका छन् । दुई छोरा र श्रीमतीका साथ उर्लाबारी–५मा बसोबास गर्दै आएका नगरप्रमुख फागो नेपाली कांग्रेसको मोरङ क्षेत्र नं. १ का सभापतिसमेत रहेका छन् । नगर प्रमुख फागोले राजनीति आस्थाभन्दा माथी उठेर समस्या परेकाहरुलाई सहयोग गर्दै आएका छन् । सामान्य कुरादेखि हमपाईप, बिजुली, पोल, कल्भर्ट , खानेपानी, बाटो, नहर, खोला, तटबन्धन, सिचाईलगायत जनताकोे समस्याहरू समाधानमा नगरप्रमुख फागो सक्रियपूर्वक लाग्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय