उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुभाष राईको विदाई कार्यक्रम गरिएको छ ।
एक दर्जन बढी संघ संस्थाहरुले प्रहरी निरीक्षक राईको विदाई गरिसकेका छन् । सोमबार उर्लाबारी उद्योग बाणिज्य संघले प्रहरी निरीक्षक राईको विदाई गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहभागीहरुले प्रहरी निरीक्षक राईले शान्ति सुरक्षा कायम गर्न सफल बनेको भन्दै प्रशंसा गरे । त्यस्तै, योसेक मंगलबारे, आदीबासी जनजाति महासंघ उर्लाबारी, जीवन बचाउ उपचार गृह, किरात राई यायोख्या उर्लाबारी नगर समितिलगायत संस्थाले बिदाई गरिसकेका छन् । यसैसाता प्रहरी निरीक्षक राई धरान प्रस्थान गर्ने छन् भने राईको स्थानमा कमाण्ड सम्हाल्न इलामबाट उद्धव पोखरेल आउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय