
उर्लाबारी । युवा पुस्तामा लोकप्रिय नाम हो, सचिन शाक्य । उर्लाबारी–६ निवासी सफल युवा ब्यवसायीमात्र नभई वडा नं. ६ को जनप्रतिनिधि, युवा नेता एबं सामाजिक कार्यकर्ता पनि हुन् ।
सानैदेखि सामजिक कार्यमा संलग्न शाक्य नेपाल तरुण दल मोरङ जिल्लाका निर्वाचित सचिबसमेत रहेका छन् । लकडाउनको बेला पनि गरिब निमुखाहरुको मुहारमा हाँसो छर्ने काम उनले गरिरहेका छन् ।
कोरोना र लकडाउनका बेला उनले धेरैलाई सहयोग गरेका छन् । शाक्यले वडा नम्बर ६ का विपन्नहरुलाई मात्रै नभएर अहिले उर्लाबारी, मिक्लाजुङ, केराबारी लगायतका गाउँहरुमा राहत वितरण गरिरहेका छन् । आफ्नै बल र दुःखमा यो स्थानसम्म आइपुगेका शाक्यले वाणिज्य संघ र उर्लावारी जेसीज लगायतका अन्य संघसंस्थाहरुमा आफ्नो क्षमता देखाइसकेका छन् ।