टिकटकको माध्यमबाट मनग्गै चर्चा कमाउदै छिन् सन्जु पाठक । अहिले टिकटक छोटो मनोरन्जन दिने साधनमात्र नभई धेरैको रुचि अनि सोखको विषय बनिरहेको छ ।

हाल सन्जु परिवारसँगै चितवनमा बसोबाँस गर्दै आइरहेकी छिन् । पवित्रा पाठक र आदम राज पाठकको कोख बाट जन्म लिएकी सन्जु कलाकारितामा उदाउँदो कलाकार हुन् । टिकटककै माध्यमबाट मनग्गै चर्चा कमाएकी सन्जु पछिल्लो समय म्यूजिक भिडियोमा अभिनय गर्न थालिसकेकी छिन् । उनले भर्खरै मात्र तिज गीतमा र शंशाक कडेलको ‘हर हर महादेवमा…’ मा आफ्नो अभिनय पस्किसकेकी छिन् ।

 

प्रायः साडी र कुर्थामा सजिने उनी अंग प्रदर्शन गरेर मात्र मोडलिङ हुन्छ भन्ने कुरा एकरति पनि चित्त नबुझ्ने बताउँछिन् । चलचित्रमा अभिनय गर्न र अवसर पाउन निक्कै गाह्रो हुन्छ । आफू भित्र लुकेर रहेको प्रतिभा देखाउने गतिलो साधन टिकटक भएको उनकोे बुझाई रहेको छ । कलाकारिता के हो भन्ने प्रश्नमा उनी भन्छिन् –‘कला भनेको क्षमताको कुरा हो । कलाकारिताको क्षमता बिना यो क्षेत्रमा आउँदा दिगोपन हुन्छ जस्तो मलाई लाग्दैन ।’ उनले सुनाइन् ।

चितवनमा जन्मिएकी सन्जु इन्जीनियरीङको अध्ययनमा छिन् । उनी अध्ययनसँगै चितवनको एक कन्सलटेन्सीमा ‘जब’ पनि गर्छिन् । अध्ययन र आफ्नो
‘जब’ सँगै संन्जु कलाकारीमा पनि सक्रिय छिन् ।

प्रायः सिम्पल पहिरनमा सजिने सन्जु, नयाँ–नयाँ स्थानमा घुम्न तथा आफू पुगेको स्थानको लोकेशनमा टिकटक बनाउन औधी रुचि राख्छिन् । नयाँ साथीहरुसँग चिनजान बढाउन खप्पीस सन्जुको भविष्यमा एक कुशल कलाकार बन्ने सोच रहेको छ ।

पहिरनमा कुर्था सुरुवाल र साडिनै रोज्ने सन्जु खाजामा जंगफुड अर्थात् पानीपुरी, चटपटे र मःम साह्रै मन पर्ने बताउँछिन् । साथीहरुसँग प्राक्टिकलको बेला ओजेटिमा जाँदाको कुरालाई जोड्दै उनले भनिन्–‘साथीहरु खाजामा अढिलो कुराहरु लिई रहेका थिए, तर म भने पानीपुरी र चटपटेमै रुमलिरहेकी थिएँ । उनले आफ्नो ‘क्यूट स्माईल’को साथमा भनिन्–‘पानीपुरी र चटपटे त मेरो बेस्ट हो ।’

दुई आत्माको मिलन नै प्रेम हो । तर हालसम्म प्रेम सम्बन्धमा भने म परेकी छैन । पहिले आफ्नो करियर बनाउनु प¥यो । भविष्य सोच्नु प¥यो अनि बल्ल प्रेमको
बारेमा सोच्नु पर्ला । प्रेम प्रस्ताव आउँदैन ? भन्ने प्रश्नमा उनले मस्किदै भनिन्–‘प्रस्ताप त कहिले काही आउँछ । तर म अस्वीकार गरिदिन्छु ।’ उनले थपिन् – ‘पहिले मैले मेरो करियर बनाउनु छ । त्यसपछि प्रेमको बारे सोचौला’

आफन्तहरुले घरमा विवाहको चर्चा त चलाउन खोज्छन् । तर, बाबा ममीले नै उक्त प्रस्तावलाई अस्वीकार गरिदिनु हुन्छ । छोरीको विवाह २० वर्ष पारी नै गर्नुपर्छ । मेरो त उमेर पनि पुगेको छैन नि हजुर ।

 

कला मान्छेको जीवनको अभिन्न अंग हो । मानिसहरुमा व्यक्ति पिच्छे फरक–फरक कला र प्रतिभा लुकेको हुन्छ । म पनि कलाकारीतामा औधी रुचि राख्ने भएकीले होला म सधैं प्रतिभाको उच्च सम्मान गर्छु । अभिनयले मान्छेको जीवनमा निक्कै परिवर्तन ल्याउन सक्छ । आफू रोएर पनि अरुलाई हसाउ र दर्शकहरूलाई खुःशी सक्ने क्षमता एक कुषल कलाकारीता भित्र पर्दछ ।

ईस्वर दुलालबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय