
उर्लाबारी क्षेत्रमा परिचित नाम हो, प्रितम खड्गी । उर्लाबारी उद्योग बाणिज्य संघको नेतृत्व सम्हालेका खड्गी अहोरात्र व्यापारी तथा ब्यवसायीहरुको हकहितमा समर्पित रहने गरेका छन् ।
२०४६ सालमा बुवा भरत खड्गीको निधनपछि १५ बर्षको उमेरमै उर्लाबारीको हाटखोला सडक किनारमा कपडाको पसल थापेर बस्न थालेका खड्गी यतिबेला स्थापित ब्यवसायी बनिसकेका छन् । खड्गी संघको अध्यक्ष भएपछि अर्जुन दृष्टि समग्र उर्लाबारी क्षेत्रको ब्यापारिक समृद्धि र ब्यावसायिक हितमा केन्द्रीत रहेको देखिन्छ । खड्गी १८ वर्ष यता सुन ब्यापारमा संलग्न छन् । सानै उमेरमा ब्यापार ब्यावसायमा संलग्न खड्गी सडक कै ब्यापारबाट आजको अवस्थामा आइपुगेको बताउँछन् ।
अध्यक्ष खड्गी विश्वभरी फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि उर्लाबारी नगरपालिकाले थालेको अभियानमा अग्रपंक्तिमा रहेर काम गरेका छन् । उनको नेतृत्वमा रहेको संघले उर्लाबारी नगरपालिका राहत वितरणमा आर्थिक सहयोग गरेको थियो भने कोरोना सचेतनामूलक, माक्स, सेनिटाइजर, प्रहरीलाई खाजा, भौतिक दुरी कायम गराउने होस् वा फेस माक्स वितरण जस्ता कार्य गरिएको छ । साथै गरिब तथा विपन्न वर्गलाई राहत पनि वितरण गरिसकेको छ । संघमा १ हजार ५ सय भन्दा बढी ब्यवसायीहरु आबद्ध रहेका छन् । संघले ती समूहमा राहत कोषको ब्यवस्था गरेको छ । २ सय ५० रुपैयाँमा २५ हजार, ५ सयमा ५० हजार र १ हजारमा १ लाख रुपैयाँ राहतको दिने ब्यवस्था गरिएको छ । संघमा सुविधासम्पन्न एसीसहितको हल तयार गरिएको छ भने जेनेटरको पनि ब्यवस्था गरिएको छ ।
सम्पूर्ण डाटाहरु सफ्ट्वरमा जडान गरिएको छ । २ कट्ठा १ धुर जग्गा क्षेत्रफलमा रहेको संघले गुरु योजना तयारसमेत गरिसकेको छ । संघले कर सेवा केन्द्र उर्लाबारीमा स्थापना गर्न पहलसमेत गरिरहेको अध्यक्ष खड्गीको भनाई छ । उर्लाबारीलाई पूर्वी मोरङकै ब्यापारिक हब बनाउन संघले पहलकदमी गरिरहेको उनले बताए । उनका अनुसार एक नगर, एक कृषि पहिचान अन्तरगत उर्लाबारीलाई चिनाउन मह, च्याउ र माछाको ‘जोन’ बनाउन सकिन्छ । उनले नयाँ नयाँ स्रोतको खोजी र नगरपालिकासँग समन्वय गरी विविध कामहरु अघि बढाएका छन् । मोरङ सुनचाँदी ब्यावसायी संघका अध्यक्ष समेत रहेका खड्गी ब्यापारीहरू सुरक्षित ढंगले ब्यावसाय गर्ने वातावरण बनाउन निरन्तर रुपमा खटिरहेका छन् ।