
उर्लाबारी । मोरङको उर्लावारी २ डुम्रेकी ७३ वर्षीय मनमाया थापामगरले नागरिकता प्राप्त गर्नुभएको छ ।
केही समय अगाडी ७३ वर्षीय आमा नागरिमता विहीन भएको समाचार प्रकाशित भएपछि वडाध्यक्ष राजन कुमार कडेलले पहलमा मनमायालाई नागरिकता प्रदान गरिएको हो । विहान बेलुकाको छाक टार्न निगुरो र दाउरा बेच्दै गुजरा गर्दै आउनु भएकी यी आमाको हातखुट्टाले भारी उचाल्न नसक्ने भएपछि नागरिकता बनाएर बृद्धा भत्ता थाप्ने र राम्रो लगाउने मिठो खाने सपना बोकेर बस्नुभएको थियो । २०३६ साल देखि स्थायी रुपमा वसोवास गर्दै आउनु भएकी यी आमा सेतै फुलेको केश, मुजा परेको अनुहार लिएर विगत लामो समय देखि नागरिकता प्राप्तिका लागि स्थानिय सरकार, ईलाका प्रशासनमा धाउदा पनि नागरिकता प्राप्त गर्न सक्नु भएको थिएन । यता वडा अध्यक्ष कडेलले भने नेपालमै जन्मेर पनि राज्यले प्रदान गर्दै आएको सेवा सुविधाबाट वञ्चित कोही नागरिक भेटिएको खण्डमा उनीहरुलाई स्थानिय सरकारको अनुभुति सगै राज्यको पहुचमा र्पुयाउन आफु लागि पर्ने बताउनुभयो ।