उर्लाबारी । मिलनसार स्वभावका कारण विद्यार्थीमाझ लोकप्रिय छन्, विवेक कार्की । उर्लाबारी–५ का कार्की उर्लाबारी बहुमुखी क्याम्पसमा बिबिएस चौथो बर्षमा अध्ययरत रहेका छन् । नेपाल विद्यार्थी संघ उर्लाबारी नगर समितिको सभापति कार्की चैत्र ५ गते हुने उर्लाबारी बहुमुखी क्याम्पस स्ववियु सभापतिको उम्मेद्वार बनेका छन् । उर्लाबारी बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा हालसम्म नेविसंघले जितेको रेकर्ड छैन । त्यसैकारण पनि कार्की यस पटक जित्दै इतिहास रच्ने दाउमा छन् । विद्यार्थीहरुको साथ र सहयोग रहेको बताउँदै उनले चुनाब जित्ने विश्वास ब्यक्त गरे । क्याम्पसको भौतिक, शैक्षिक, सूचना प्रविधी, शिक्षण शिकाईमा जोड दिँदै विद्यार्थीहरुको चौतर्फी विकास आफु लागि पर्ने कार्कीले बताए ।
क्याम्पसको गुणस्तर सुधार गर्दै पठनपाठन व्यवस्थित बनाउन पहल गर्ने उनले प्रतिबद्धता जाहेर गरे । शौचालयकोे उचित ब्यवस्थापन गर्न आवश्यक रहेकाले त्यसमा विशेष पहल गरिने उनले जानकारी दिए । इ–लाइबे्ररी, एक विद्यार्थी एक सेट पुस्तकको ब्यवस्था मिलाउने, खेलमैदान, बगैचा, स्वास्थ्य सामग्रीहरुको उचित व्यवस्थापनलगायत जोड दिने उनले बताए । शैक्षिकसँगसँगै विद्यार्थीहरुको क्षमता विकासका लागि विभिन्न विषय विज्ञहरुको सहभागितामा गोष्टी, सेमिनार, अन्तरक्रियालगायतको ब्यस्थापन गर्न पहल कदमी लिने उनले जानकारी दिए । उनले स्ववियुलाई चलायमान बनाउने अठोट ब्यक्त गरेका छन् । उनले एक पटक नेतृत्व परिवर्तनको पक्षमा मतदान गर्न सम्पूर्ण विद्यार्थीहरुलाई अपिल गरेका छन् । क्याम्पसको शैक्षिक विकाससँगै भौतिक विकास, क्याम्पसमा अध्ययरत विद्यार्थीको अपेक्षित शैक्षिक उपलब्धी हासिल गराउन तथा विद्यार्थीले भोग्दै आएका समस्याहरुलाई समाधान गर्नका लागि पर्ने उनको भनाई छ ।
उर्लाबारीलाई शैक्षिक हबका रुपमा विकास गर्नका लागि उर्लाबारी क्याम्पसको थप विकास आवश्यक रहेको बताउँदै उनले क्याम्पसमा हुने शैक्षिक गतिविधिहरुलाई विद्यार्थीहरुको पेशागत जीवनलाई सहज बनाउने र क्याम्पसबाट उच्च शिक्षा हासिल गरेसँगै विद्यार्थीहरुलाई आत्मानिर्भर बन्न सक्ने शिक्षा दिन आवश्यक रहेको बताए ।
ADVERTISEMENT