दमक । झापाको दमक–१ हवल्दार चौकबाट २५ लाख लिएर प्रेमी पत्रकार प्रितम भट्टराईसँग भाग्न सुजन ज्ञवालीले सहयोग गरेको खुल्न आएको छ ।

उर्लाबारी घर भइ काठमाडौंमा व्यवसाय गरी बस्ने ज्ञवालीले म्यासेन्जरमा भएको वार्तालापका आधारमा उनको सहयोगमा कान्तिपुर पब्लिकेशनबाट प्रकाशन हुने द काठमाडौं पोष्टका पत्रकार प्रितम भट्टराई र तारा बास्तोला भागेको कुरा खुलेको हो ।

यसअघि प्रकाशित म्यासेन्जरको वार्तालाप प्रितम र राजुको नभइ प्रितम भट्टराई र सुजन ज्ञवाली बीच भएको खुलेको छ ।

अढाई महिना अघि दमक–१ का राजु न्यौपानेसँग विवाह गरी आएकी तारा बास्तोलाले लगेको २५ लाख सम्पत्ति मध्ये १२ लाख रकम श्रीमान् न्यौपानेले जग्गा बिक्रीको बैना स्वरुप लिएको रकम असोज २ गते शुक्रबार तारालाई नै राख्न दिएको न्यौपानेले बताएका छन् । यस घटनामा तारा बाँस्तोलाको परिवारलाइ पनि निकै पीडा भएको बताइएको छ । ताराका परिवारबाट भने तारालाइ खोज्न सहयोग गरिरहेको र यसमा परिवार दोषी नरहेको पनि न्यौपानेले जानकारी दिएका छन् ।

प्रितम भट्टराईले आफ्नो फेसबुक एकाउन्ट समेत ब्लक गरिसकेको न्यौपानेले बताएका छन् । यस विषयमा दमक प्रहरीले मोवाइलमा भएको कल डिटेल निकालेर कार्वाही अघि बढाउन लागेको न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय