
काठमाडौँ । नेपालमा थप १ हजार ३ सय १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या ७० हजार ६ सय १४ नाघेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार ४ सय ५५ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ । जुन कुल संक्रमितको ७३ प्रतिशत हो ।
हाल देशभर १८ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ४ सय ५९ जना पुगेको छ ।