उर्लाबारी । गत असार १५ गते २४ वर्षीया तारा बाँस्तोलासँग विवाह गरेका झापाको दमकका राजु न्यौपाने श्रीमतिले २५ लाख लगेको दाबी गर्दै मिडियामा आइरहेका छन् ।
झापा दमक–१ स्थित हवल्दार चौकका न्यौपानेसँग विवाह गरी आएकी बाँस्तोलाले २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएको आरोप लागेको हो । मिति २०७७ असोज ३ गते दिउँसो १ बजे घरमा सासुआमा निधाएको अवस्थामा दमक–६ मा रहेको पसल आउँछु भनी फोनमा ताराले श्रीमानलाई जानकारी गराइ १२ तोला सुन, १२ लाख रकम र अन्य सामान लिइ एउटा पत्र लेखी सिरानीमा राखेर प्रेमीसँग भागेकी श्रीमान न्यौपानेले बताएका छन् । त्यस्तै, न्यौपानेकी श्रीमति ताराले भने कुनै सम्पत्ति नलगेको दाबी गर्दै आएको जानकार स्रोत बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय