
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका पछिल्लो पटक ६ जना गरी हालसम्म ३२ जनामा कोरोना भाइरस देखिएको छ ।
पछिल्लो पटक वडा नम्वर ९ का एकै घरमा ४ महिला, ३ नम्वरका एक पुरुष र ४ नम्वरका एक पुरुष गरी ६ जनामा कोरोना देखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए ।
जसमध्ये एकै परिवारका ४ जना आफ्नै घरमा आइसोसेलनमा रहेका तथा अन्य २ पुरुषलाई भनें सुन्दरहरैंचास्थित गोठगाउँको कोभिड अस्पतालमा लगिएको छ । यी सवै समुदायस्तरका व्यक्ति हुन् । क्वारेन्टिनमा रहेका १४ सहित ६३ जनाको स्वाब परीक्षण गरिएको थियो ।
हालसम्म नगर अस्पतालमार्फत स्वाब संकलन गरी पठाइएका क्वारेन्टिन र समुदायका गरी २५ पुरुष र ७ महिला समेत ३२ जनामा कोरोना देखिएको छ । जसमध्ये अधिकांश निको भएर घर फर्किसकेका छ ।