
उर्लाबारी । तस्बीरमा देखिएकी यी महिला हुन्, मानसिक सन्तुलन गुमेकी । विगत केही समयदेखि उर्लाबारीमा देखिँदै आएकी यी महिला अशक्त पनि देखिन्छन् । उनी फोहोरमा फालिएका खाद्य वस्तु खोजेर खाने गरेकी छिन् ।
भारतीयमुलकी यी महिलालाई कसले उर्लाबारीसम्म ल्याएर छोड्यो भन्ने बारेमा सरोकारवाला निकाय जानकार छैन । लकडाउनको समयमा खाद्यन्य नपाएर मानसिक सन्तुलन गुमेकाहरु समस्यामा परेको देखिन्छ । उर्लाबारीमा आधा दर्जन भन्दा बढी मानसिक सन्तुलन गुमेका छन् । अधिकांश मानसिक सन्तुलन गुमेका भारतीय नागरिक हुन् । पछिल्लो समय भारतबाट ल्याएर छोडिएका मानसिक सन्तुलन गुमाएका मानिसहरूले गर्दा उर्लाबारीबासी समस्यामा परेका छन् ।
आधा शरीर मात्र कपडा लगाएर उर्लाबारी बजारमा हिँडिरहने यस्ता मानसिक सन्तुलन गुमाएका भारतीयका कारण स्थानीय ब्यापारी तथा बजार गर्न उर्लाबारी आएका आगन्तुकहरुले पनि लाजमर्दो बन्ने गरेका छन् । अर्धनग्न रुपमा गोप्य अंगहरु देखाएरै हिँड्ने यिनीहरु विषेश गरेर महिलाहरुलाई एकोहोरो हेर्ने, जिस्काउने जस्तो हर्कत गर्ने गर्छन् भने कहिले ठुलो आवाज निकालेर चिच्याउँदै सडकको बीचमा भागमा नै दौडिरहेको भेटिन्छन् त कहिले सार्वजनिक स्थानहरुमा सुतिरहेका हुन्छन् । मुख्य राजमार्गमा अन्धाधुन्ध दौडिदा सवारी दुर्घटनाको उच्च जोखिम रहेको पाईन्छ । मानसिक सन्तुलन गुमाएकाहरुका कारण व्यापार व्यवसायमा समस्या भएको व्यवसायीहरु बताउँछन् । ढुङ्ढुङ्क्ति गनाउने उनीहरु ग्राहकको अगाडी आएर एकोहोरो हेर्दिने, गोप्य अंग देखाएरै आउने जस्ता क्रियाकलापले गर्दा समस्या भएको हो । यी मानसिक सन्तुलन बिग्रेका मानिसहरुलाई उचित ब्यवस्थापन गर्न आवश्यक देखिन्छ ।