उर्लाबारी । व्यवसायीहरुको हकहितमा उर्लाबारी उद्योग बाणिज्य संघका पदाधिकारीहरु सक्रियपूर्वक लागि परेका छन् ।
लकडाउनमा व्यवसायीहरुलाई समस्या पर्दा अग्रभागमा रहेर संघका पदाधिकारीहरुले काम गर्दै आएका हुन् । संघका अध्यक्ष प्रितम खड्गी, बरिष्ठ उपाध्यक्ष विनोद न्यौपाने, उद्योग उपाध्यक्ष यामलाल रसाईली, बाणिज्य उपाध्यक्ष शेरबहादुर भण्डारी, महासचिब राम थापा, उद्योग सचिब सम्झना खतिवडा, बाणिज्य सचिब नेत्र आपागाई, कोषाध्यक्ष सुनिल बोहोरा, सदस्य डिल्ली खतिवडा, यज्ञबहादुर बस्नेत, निरु चौहानलगायत निरन्तर रुपमाब्यवसायीहरुको हकहितमा लागि परेका छन् । कहिले सामाजिक दुरी कायम गराउने सवाल होस् वा माक्स, फेस माक्स तथा सेनिटाइजर वितरणमा उनीहरु अग्रभागमा रहेर काम गरिरहेका छन् । संघमार्फत लकडाउनमा उर्लाबारी नगरपालिकालाई राहत वितरणमा आर्थिक सहयोगका साथै सुरक्षा निकाय तथा सर्वसाधारणलाई माक्स, सेनिटाइजर, विपन्न समूदायलाई राहतलगायतका काम गरेको छ । साथै लकडाउन कार्यान्वयनमा समेत सहजीकरण गरेको थियो । ब्यवसायीहरुलाई कोरोनाबाट जोगिन सचेत रहन संघमार्फत अपिल, सचेतनामूलक कार्यक्रम गरिएको छ । त्यस्तै, उर्लाबारीमा स्थायी लेखा नम्बर नविकरणका लागि घुम्ती शिबिर सम्पन्न गरेको छ । उर्लाबारी उद्योग बाणिज्य संघमा भदौं २८ गतेबाट सुरु भएको शिबिरमा १५ सय ब्यवसायीले सेवा पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय