
उर्लाबारी । उर्लाबारी नगरपालिकामा लकडाउन जारी रहने भएको छ ।
आज बसेको बैठकले एक सातासम्म सामान्य लकडाउन गर्ने भएको हो ।
बेलुका ६ बजेसम्म बजार खोल्ने निर्णय भएको उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको सभापतिमा बसेको बैठकले उर्लाबारीलाई कोरानाबाट जोगाउन सतकर्ता अपनाउँदै बजार खोल्न ब्यवसायीहरुमा अपिलसमेत गरेको छ ।