उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले विकास निर्माणका काममा कसैले राजनीति गर्न नहुने धारणा राख्नु भएको छ ।
आज पाथीभरा युवा क्लबले उर्लाबारी–४ मा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो । विकास निर्माणका काम तीब्र गतिमा बढेको उल्लेख गर्दै समृद्ध उर्लाबारी बनाउने अभियानमा नगरपालिका लागि परेको उहाँले उल्लेख गर्नुभयो । कृषि क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर अघि बढेकाले कृषकहरुको समस्यामा नगरपालिका सहयोग बन्ने उहाँको भनाई छ । उहाँले उर्लाबारी नगरपालिकाको बेरुजु धेरै निकालिएको भन्दै आक्रोश पनि पोख्नुभयो ।
त्यस्तै, सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष सरोज बस्नेतले युवाहरु रचनात्मक कार्यमा लाग्न आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय युवाहरु लागुऔषधमा फस्नेक्रम बढेकाले सरोकारवाला निकायले ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै, अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमुले युवा देशको मेरुदण्ड भएकाले गाउँ ठाउँको विकासमा सबै एकजुट भएर लाग्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रम क्लबका अध्यक्ष भीम घिमिरेको सभापतित्व एबं युवा ब्यवसायी नेत्र आपागाईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय