
उर्लाबारी । संविधान दिवसको अवसरमा मोरङको उर्लाबारी वडा नं. ४ मा रक्तदान कार्यक्रम गरिएको छ ।
आज पाथीभरा युवा क्लबको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका हुन् । कोरोना भाइरसका कारण रगत अभाव भइरहेको अवस्थामा रक्तदान जीवनदान भन्ने नाराको साथ रक्तदान कार्यक्रम गरिएको अध्यक्ष भीम घिमिरेले बताउनुभयो । नवगठित उक्त क्लबले सामाजिक गतिबिधिहरु सञ्चालन गर्ने जनाइएको छ ।