
काठमाडाैं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय ९४ जनालाई विभूषण प्रदान गरेकी छिन् ।
सरकारकाे सिफारिसका आधारमा भण्डारीले विभूषण प्रदान गरेकाे राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मानपदवीतर्फ सु-प्रसिद्ध प्रबल जनसेवा प्रथम डा. सन्दुक रुइतलाई दिइएको छ ।
प्रसिद्ध प्रबल जनसेवा द्वितीय ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सु-प्रबल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८, प्रबल जनसेवा श्री चतुर्थ २ सय ४२ र जनसेवा श्री १०४ जनाले पाएका छन् ।
विभिन्न विभूषणसहितको अलङ्कार १ सय १४ र पदक २७ जनाले पाएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिएका छन् ।