उर्लाबारी । नेपालको महिला फुटबल टिमले भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा २–२ को बराबरी खेलेको छ ।

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा बुधबार भएको खेलमा दुई गोलले पछि परेको नेपालले पुनरागमन गर्दै रोमाञ्चक बराबरी खेलेको हो । पहिलो हाफमा अवसर पाएर पनि गोल गर्न नसकेकी सावित्रा भण्डारीले खेलको अन्तिम समयमा लगातार दुई गोल गर्न सफल बनिन् । उनले ९०औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेकी हुन् भने इन्जुरी टाइमको दोस्रो मिनेटमा दोस्रो गोल गरिन् ।
भारतले पनि दोस्रो हाफमै दुई गोल गरेको थियो । भारतले दोस्रो हाफमा दुवै गोल गरेको थियो । भारतका लागि ५६ मिनेटमा सौम्य गुगुलोथले पहिलो गोल गरिन् । ६८ मिनेटमा कप्तान ईन्दुमति काथिरेसनले गोल गर्दै अग्रता दोब्बर पेकी थिइन् । तर भारतले दुई गोलको अग्रता जोगाउन सकेन । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण शनिबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय