मधुमल्ला । प्रदेश साँसद शोभा चेम्जोङ पालुङवाले शुक्रबार मोरङको मिक्लाजुङ–८ स्थित तोरीबारीका वासिन्दासँग भेटघाट गर्नुभएको छ ।
भेटका क्रममा स्थानीय वासिन्दाले सडक, सिचाईं, कृषि, शिक्षा र सुकुम्वासी समस्याका बारेमा साँसद शोभालाई जानकारी गराउनुका साथै समधानका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।
साँसद शोभाले यस क्षेत्रको विकास र समस्या समधानका लागि आफूले संधैभरी पहल र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस अवसरमा नेपाली कांग्रेस मिक्लाजुङका अध्यक्ष खगेन्द्र मादेन, कांग्रेस क्षेत्रीय प्रतिनिधि रेवत विष्ट, वडा सभापति सन्तोष कार्की, वडा सदस्य मखिकुमारी लिम्बु, कांग्रेसका पूर्व वडा सभापति हेमराज भट्टराई, देवकोटा माध्यमिक विद्यालयका प्रधानध्यापक डिल्लीप्रसाद खतिवडालगायतको उपस्थिति थियो । त्यस अवसरमा मिक्लाजुङ कांग्रेस कार्यकर्ताहरुले सांसाद शोभालाई स्वागत तथा सम्मान गरेका थिए ।
यसैबीच साँसद शोभाले मालबारी तोरीबारी सडक खण्डअन्तर्गत पर्ने ग्यांग्री खोलाको निरीक्षण गर्नुभयो । वर्षायाममा खोला बाढीका कारण सो सडकमा आवतजावत गर्न स्थानीय वासिन्दालाई कठिनाई हुने गरेको छ । यसअघि सो स्थानमा कज्वले निर्माण गरिएपनि समस्या समधान हुन सकेको छैन । सो खोलामा पक्की कल्भर्ट अत्यावश्यक भएको मिक्लाजुङ–८ का वडाध्यक्ष पूर्णबहादुर कुवंरले बताउनुभयो ।
त्यसैगरी साँसद शोभाले मिक्लाजुङ–२ साखरेमा सञ्चालित १५ दिने स्वीटर बुनाई तालिमका प्रशिक्षार्थीहरुसँग भेटघाट गर्नुभयो । वडा कार्यालयको महिला लक्षित कार्यक्रमअन्तर्गत सञ्चालित सो तालिममा ३३ जनाको सहभागिता छ । तालिममा नरमाया खनालले सहजीकरण गरिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय