उर्लाबारी । मोरङको उर्लाबारीमा यही माघ २१ देखी २९ गतेसम्म संचालन हुने प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव – २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ ।

उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सबको तयारी अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितिका सह–संयोजक प्रितम खड्गीले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन माघ २१ गते शनिबार प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुहुनेछ । ९ दिनसम्म संचालन हुने महोत्सवमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य मिल तथा मेसिनरी औजार, अटो, सेवा क्षेत्र, सुचना प्रविधिलगायतका १ सय ७० वटा स्टलहरु रहने उहाँको भनाई छ । अधिकांश स्टल बुकिङ भइसकेको उहाँले जानकारी दिनुभयो । सुरक्षा ब्यवस्था मजबुत बनाउन सिसी क्यामेरा, सुरक्षा गार्ड, प्रहरीलगायतको प्रत्यक्ष निगरानी रहने उहाँले बताउनुभयो ।
यस्तै स्थानीय स्तरका कृषि एवम् घरेलु उद्योगका स्टलहरुलाई विशेष छुटमा राख्ने व्यवस्था मिलाईएको संघका अध्यक्ष शेरबहादुर भण्डारीले जानकारी दिनुभयो । महोत्सवमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । महोत्सवको प्रचारप्रसारका लागि ठाउँठाउँमा स्वागत गेट निर्माण गर्नुका साथै स्टल निर्माण अन्तिम चरणमा पुगेको छ ।


उद्घाटनको दिन गायक उर्गेन दोङको प्रस्तुती रहेनछ । माघ २२ गते आईतबार चर्चित गायिका ज्योती मगरको प्रस्तुती रहने उर्लाबारी उद्योग बाणिज्य संघका महासचिब हेमराज गुरुङले जानकारी दिनुभयो ।

 

यस्तै माघ २३ गते गायक कमल खत्री, २४ गते प्रिती आले, २५ गते प्रमोद खरेल, २६ गते प्रताप दास, २७ गते एलिना चौहान, २८ गते प्रकाश सपुत र २९ गते राजनराज शिवाकोटीसहित अन्य कलाकारहरुको पनि प्रस्तुती रहनेछ । महोत्सवमा दैनिक दुई जना राष्ट्रिय कालाकारको मुख्य प्रस्तुति रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय