
उर्लाबारी । उर्लाबारी नगरपालिकाले लकडाउनलाई खुकुलो पारेर भदौ २९ गतेदेखि असोज ४ गतेसम्म दिउँसो ४ बजेसम्म बजार खुल्ला गर्ने बैठकले निर्णय गरेको छ ।
नगरपालिकाको कोरोनासँग सम्वन्धित सिसिएमसीको आइतबारको बैठकले एक सातासम्म दिउँसो ४ बजे सम्म बजार, बैक, रेमिट्यान्स, सहकारी खोल्न पाउने निर्णय गरेको नगर प्रमुख खड्ग फागोले जानकारी दिएका छन्।
नगर प्रमुख तथा सिसिएमसिका संयोजक फागोको अध्यक्षतामा भएको बैठकले कोरोनासँग सम्वन्धित सुरक्षाका मापदण्ड )(माक्स र सेनिटाईजर) अपनाई बजार, बैक, रेमिट्यान्स, सहकारी संस्थाहरु संचालन गर्न पाईने र उक्त बिधि नअपनाएमा तुरुन्त कारबाही गर्ने समेत निर्णय भएको उप प्रमुख लक्ष्मीदेवी भण्डारीले बताएकी छन् ।
बैठकले उर्लाबारी प्रवेश गर्ने सवारी तथा सामग्रीमा २४ घण्टा निगरानी गरी चालक र सहयोगीको स्वास्थ्य चेकजाँच गरेर मात्र प्रवेश दिने, बजारमा अभाब सृजना गरी मुल्यृवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने, होटल तथा रेष्टुेरेन्टहरुले साँझ ७ बजे सम्म खुल्ला गरी होमडेलीभरीको प्रवन्ध गर्नुपर्ने, नगरक्षेत्रमा मात्र जोर बिजोर प्रणाली अनुसार सवारी साधन संचालन गर्ने र स्थानिय हाट , पार्लर, फुटसल, लज, पार्क, सभा सम्मेलन आदी पूर्ण रुपमा बन्द गरिने निर्णय भएको समेत उपप्रमुख भण्डारीले बताएकी छन् ।
नगरले पछिल्लो समयमा छिमेकी पालिकाहरुमा संक्रमितको संख्या बढ्न थालेपछि लकडाउन गर्दै आएको र समुदाय स्तरमा संक्रमण नभएका कारण नगरबासीकोे आवश्यकता र मागलाई ध्यानमा राखी सुरक्षाका विधि अपनाई बजार खुल्ला गर्ने निर्णय गरेको प्रमुख फागोले बताएका छन् । नगर प्रमुख फागोले अवस्थामा थप सुधार आएमा क्रमिक रुपमा लकडाउन खोल्ने बताएका छन् ।