धरान । गत सोमबार बिहान धरान उपमहानगरपालिका–११ स्थित घरको कोठामा सोनीहाङ्मा मृत फेला परिन् । सोनीको माइती पक्षले आत्महत्या नभई सोनीको हत्या भएको दावी गरेपछि घटनाले नयाँ मोड लिएको थियो ।
माइती पक्षले मंगलबार सोनी मृत्युबारे सत्यतथ्य छानबिन गर्न माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी नै दिएका थिए । त्यतिबेला उनीहरूले सत्यतथ्य छानविन नगरेसम्म पोष्टमार्टम पनि गर्न नदिने भनेका थिए । किटानी जाहेरी दिएपछि प्रहरीले जसका नाममा किटानी जाहेरी परेको थियो ती व्यक्तिहरूलाई पक्राउ गरेपछि उनको बिहीबार पोष्टमार्टम भएको हो । सोनीका काका टेकराज तिगेला घटना सुनियोजित देखिएकाले सत्यतथ्य छानविन गरी पीडितलाई न्याय दिन प्रहरी प्रशासनलाई माग गरेका छन् । उनले भने यो आत्महत्या हुँदैन होइन, हत्या नै हो । घटनाको प्रकृति हेर्दा पनि आत्महत्या जस्तो नदेखिएको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय