काठमाडौं । महिनौं अघिदेखि महाधिवेशनको रस्साकस्सीमा होमिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति सार्ने तयारी गरेको छ ।

कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेकाले निर्धारित मितिमा १४औं महाधिवेशन गर्न असम्भव रहेको भन्दै मिति सार्ने र कार्यसमितिको म्याद थप गर्ने तयारीमा लागेको हो ।

तर, पार्टीभित्रकै केही नेताहरुले भने तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडान राख्नै मिति सार्न नहनुने दबाब दिँदै आएको बताइएको छ ।

कांग्रेसले आगामी फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने कार्यतालिका निर्धारण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय