
उर्लाबारी । उर्लाबारी–७ का युवा ब्यवसायी योगराज कार्कीले लकडाउनका समस्यामा परेका परिवारलाई राहत वितरण सुरु गरेका छन् ।
आज उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीको प्रमुख आतिथ्यतामा राहत वितरण सुरु गरेका हुन् । उर्लाबारी–७ स्थित मोबाइल वल्र्डमार्फत आज ५ जनालाई राहत वितरण गरिएको छ । ५ केजी चामल, दाल, नुन, आटा, साबुन, माक्सलगायत वितरण गरिएको छ ।
उर्लाबारी वडा नं. ७ का वडा सदस्य छत्रबहादुर कार्की, समाजसेबी केशब कार्की, बाझाङ राई, पवन थापा, जीवन बचाउ उपचार सेवा गृहका इन्चार्ज रविन्द्र दाहाललगायतले राहत वितरण गर्नुभयो । लकडाउनभरी दैनिक पाँच जनालाई राहत वितरण गर्ने व्यवसायी कार्कीले पूर्वी कमाण्ड अनलाइनलाई जानकारी दिनुभयो । ब्यक्तिगत लगानीमा राहत वितरण गर्नु उदाहरणीय कार्य भन्दै संघका अध्यक्ष खड्गीले प्रशंसा गर्नु भयो ।