उर्लाबारी । लकडाउनका कारण भोकभोकै बस्नु पर्ने अवस्था छ । त्यसो भए अब उर्लाबारी–७ स्थित मोबाइल वल्र्डले राहत वितरण गर्दैछ ।
विहीबारदेखि प्रत्येक दिन उर्लाबारी–७ का पाँच जनालाई परिवारलाई राहत वितरण गरिने मोबाइल वल्र्डका सञ्चालक योगराज कार्कीले जानकारी दिनुभयो । लकडाउनका कारण कोही भोकभोकै बस्नु नपरोस् भनेर सानो प्रयास गरेको उहाँको भनाई छ । उहाँले लकडाउन गरी नै राहत वितरण गर्ने योजना रहेको बताउनुभयो । ५ देखि १० केजी चामल, दाल, नुनलगायतको प्याकेज तयार पारेको उहाँको भनाई छ । वास्तविक पीडितहरुले उर्लाबारी चौकमै रहेको मोबाइल वल्र्डमा सम्पर्क गरी राहत लिन सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय