उर्लाबारी । मोरङको उर्लाबारीबमा बेखर्ची बनेका लामा दम्पतिको उद्दार गरिएको छ । खर्च अभावका कारण एक सातादेखि उर्लाबारी–४ आइतबारेमा बेखर्ची बनेका बर्दियाका विजय लामा र फुलमाया लामालाई उद्दार गरी पठाइएको हो । लामो समयदेखि बिरामीसमेत रहेका विजय हिँड्नसमेत सक्ने अवस्थामा थिएनन् । उर्लाबारीका युवा व्यवसायी तारामान सेरेङ, सर्वजित भण्डारी र सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतको संयोजनमा एम्बुलेन्समार्फत बर्दिया पठाइएको छ ।
उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, समाजसेबी बेलबहादुर कार्की, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, सदस्य डिल्ली खतिवडा, युवा ब्यवसायी निरज दुलाल, रमेश भण्डारी। जीवन चिमरियालगायतले सहयोग गर्नुभएको थियो । बिरामी अवस्थामा रहेका कारण दुबै जनालाई एम्बुलेन्समा उद्दार गरी पठाएको समन्वयकर्ता तारामान सेरेङले जानकारी दिनुभयो । मेयर फागो स्वम् पुगेर उद्दारमा सहयोग भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय