
वीरगन्ज । पर्सामा एक जना काेराना संक्रमितकाे उपचारका क्रममा मृत्यु भएकाे छ ।
नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा ८ दिनदेखि उपचार गराइरहेका बाराका एक जना कोरोना संक्रमति पुरुषको सोमबार राति मृत्यु भएको हाे ।
नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुर निवासी ६० वर्षीय पुरुषको सोमबार राति १० बजेर पाँच मिनेटमा मृत्यु भएको जानकारी दिए ।
भदौ १४ मा कोरोना पोजिटिभ पुष्टि भएपछि ती ६० वर्षीय पुरुष कोरोना अस्पतालमा भर्ना भएका थिए ।