काठमाडौं । कम्बोडियामा आफू बसेको होटलमा आगलागी भएपछि झ्यालबाट हाम फालेका झापाका निराकर पाण्डेले ज्यान गुमाउनुअघि परिवारदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सम्पर्क गरेको पाइएको छ ।

उनले आगलागी सुरु भएपछि एनआरएनए कम्बोडिया शाखाका अध्यक्ष लालसिंह खड्कालाई सम्पर्क गरेका थिए । ‘उहाँले सुरुमै दाइ मेरो शव घरसम्म पुर्‍यादिनु होला भन्नु भएको थियो’, खड्काले भने, ‘मैले नआत्तिनु उद्धारका लागि प्रयास भइरहेको छ भनेको थिएँ । पछि झ्यालबाट हाम फाल्नु भएछ ।’

बीबीसीका अनुसार स्थानीय समय अनुसार बिहीबार राति ११ बजेदेखि उनी बसेको होटल क्यासिनोमा आगलागी सुरु भएको थियो । ‘आगलागी भएपछि उहाँले परिवार र हामीलाई जानकारी गराउनु भएको थियो, मैले नआत्तिन भनेको थिएँ’, खड्काले भने, ‘समन्वय गर्दा गर्दै उहाँ हाम फाल्नु भएछ ।’ उनले घटनास्थलमा रहेका २०/२५ भन्दा बढी शवहरू अझै निकाल्न बाँकी रहेको पनि बताए । ‘हाम्रो सम्पर्कमा आएको व्यक्ति कोही पनि हुनुहुन्न, अब हामीसँग पासपोर्ट पनि नभएकाले को हुनुहुन्थ्यो भनेर अनुमान गर्न पनि गाह्रो छ’, उनले भने, ‘यद्यपि, बुझिरहेका छौं ।’ पाण्डेको हकमा चाहिँ मृत्यु भएको पुष्टि भएको बताउँदै उनले शवलाई घर पठाउनका लागि समन्वय भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय