उर्लाबारी । छिमेकी पालिकाहरुमा कोरोना भाइरसको संक्रमण बढिरहेका कारण मोरङको उर्लाबारीमा लकडाउन जारी रहने भएको छ ।
थप लकडाउन खुकुलो बनाउँदै एक साता थप गरिएको हो । उर्लाबारीमा हालसम्म समुदाय स्तरमा कोरोना भाइरस नदेखिएका कारण लकडाउन खुकुलो पारिएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो । उहाँले छिमेकी पालिकाहरुमा कोरोना भाइरसको संक्रमण बढिरहेकोले लकडाउन खुकुलो बनाउँदै सोमबार दिउँसो २ बजेसम्म बजार खुल्ला गर्ने निर्णय गरेको उहाँको भनाई छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नगरबासीहरुलाई सुरक्षाको मापदण्ड प्रयोग गर्न र सुरक्षित रहन मेयर फागोले आग्रह गर्नुभयो ।
त्यस्तै, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले ब्यवसायीहरुले सुरक्षाको मापदण्ड पूरा गरेर मात्र ब्यापार ब्यवसाय गर्न अपिल गर्नुभएको छ ।
ADVERTISEMENT