सागर लम्साल अर्थात सक्किगोनीका चर्चित कलाकार बले विदेश जाने सुरमा आयल्स पढ्ने सोचमा पुगे । कलाकारितामा आउने उनको त्यति इच्छा थिएन सायद । तर भाग्यको फल उनी अहिले निक्कै चर्चामा छन् । भद्रगोलमा बले नामले चिनिन उनलाई त्यति सजिलो थिएन । उनको संघर्षको कथा निक्कै पीडादायी छ ।
स्याङ्गजा चिन्नेवासका उनी हाँस्यबिधामा पसे । तर, यो बिधामा पश्चिमतिरका मान्छे त्यति थिएनन् । स्याङ्गजा र गण्डकी अञ्चलबाट यसरी चर्चामा आउने हास्यकलाकारमा बले नै हुन भन्दा फरक पर्दैन । बले भएर चिनिन उनले के के गरे त ? विदेश पढाउन घरपरिवारको जोड थियो । भारतमा चार्टड एकाउण्टेन पढ्न समेत सागर पुगेका थिए । भारतबाट पनि उनी साथीहरुको संगत गतिलो नदेखेर बिविए पढ्न थाले ।
बिबिएको दास्रो सेमेष्टरका बेला उनलाई जण्डिस भयो । घरकाले नेपाल फर्कन आग्रह गरेपछि उनी नेपाल आए । त्यसपछि आमाले फेरी विदेश पढ्न जान आग्रह गरेपछि आयल्स पढ्न पैसा बोकेर आयल्स पढ्नतिर लागे । पुतलीसडकको इन्भेष्टमेन्ट बैंक नजिकै पुग्दा मनमा अचानक अर्कै सोच आयो र उनी लागे एमआर थिएटर पुरानो बानेश्वर वीरेन्द्र हमाल कहाँ । हमालसँग उनी अभिनय सिक्न चाहन्थे । नसोचेको सोच अचानक आएपछि उनी अभिनय सिक्न थाले ।
हातमा पाँच हजार थियो तर तीन महिनाको २० हजार तिर्न पर्ने थियो । उनले हमाललाई भने ‘ मेरो बावुआमा गाउँमा हुनुहुन्छ म एक्लै पढ्न बसेको हो भनेर ढाँटे । पढ्न पठाएको पैसाले अभिनय सिक्न थालेको बताएपछि हमालले लौ हुन्छ सिकाउछु मात्रै भनेन उनले त सागर सँग भएको खुवी चिनिसकेका रहेछन अनि थपे एक बर्षसम्म पनि सिकाउछु पैसासँग सरोकार भएन ।
अभिनय सिक्दै गर्दा उनले बिबिएस पढ्न थाले । अभिनय सिक्न थालको आमाले थाहा पाउनुभएछ । त्यसपछि झुटो किन बोलिस भनेर आमाले पनि विश्वास गर्न छाड्नु भयो । कलाकार बनेर के गर्छस् ? नेपालमा भविष्य छैन भन्दै आमाले विदेश जान आग्रह गर्नुभयो । दाइले पनि उत्तिकै विदेशका लागि जोड दिनुभयो । आमालाई फकाएर सागरले बिविएस यही सिध्याएर डिग्री पढ्न बिदेश जाने बताए । आमाको सहमतिपछि उनी अभिनय तिरै लागे । गुरु वीरेन्द्र हमालसँगै माया नामको नाटक समेत गर्ने मौका पाए उनले ।
त्यति नै बेला उनले बिविएस पनि सिध्याए । दैव सञ्जोग त्यतिबेला छविराज ओझाको लोफर चलचित्रमा कलाकार छनौट चलिरहेको थियो । उनी छनौटमा समेत परे । अनि लोभरमा बले नामले नै एउटा घरायसी काममा सघाउने भूमिकामा देखिन पाए । त्यो बले नामको पात्रको निक्कै तारिफ भयो । दर्शकले पनि रुचाइदिए । त्यही पात्रबाट अवार्डमा समेत परेका उनी कसरी भद्रगोलमा पसे ? लोफर चलचित्र कुमार कट्टेल र अर्जुन घिमिरे पाँडे पनि हेरेका रैछन् । त्यो पात्रले पनि उनीहरुलाई निक्कै छोएछ । त्यसपछि कुमारले सागरलाई फोन गरेछन् ।
लोफरमा रहेको पात्रको भूमिका फिल्ममा छोटो भयो जति देखिन पर्ने थियो त्यति भएन । तपाई भद्रगोलमा आउनुहोस त्यो पात्रलाई न्याय म दिलाउँछु भनेछन् । त्यसपछि सागरको यात्रा भद्रगोलतिर सुरु भयो । उनी भद्रगोल आइपुग्दा १८ औ भागमा चल्दै थियो । झट्ट हेर्दा सबै कलाकार आफ्नै उमेरका । काम गर्न पनि सजिलो हुने भयो भनेर उनी भद्रगोलमा बलेको भूमिकामा देखिए । २ भाग खेलेपछि उनले ४ भाग खेलेनन् । पछिल्ला २ भागले बलेको चर्चा बढ्यो । त्यत्तिकैमा डिग्री पढ्न क्यानडाको तयारी गर्न थालेका सागरलाई धर्मसंकट परो ।
अनि कुमार र अर्जुनलाई म क्यानडा जाने सोचमा छु भनेर सुनाएछन् । दुइ जनाले भने पढ्ने यतै पढे पनि हुन्छ तपाइको भविष्य हामीले देखेका छौ भनेपछि उनी भद्रगोलमै अडिए । उनलाई कुमारले भनेको कुरा अझै ताजा लाग्छ ‘मान्छे आत्तिन र मात्तिन हुँदैन । सवैको उमेर मिल्दो जुल्दो भएकाले सँगै काम गर्न भनेपछि बलेको यात्राले नयाँ मोड लियो । भद्रगोलमा देखिन थालेपछि उनको अभिनयको चर्चा निक्कै भयो ।

राम्रो प्रतिक्रिया आउन थालेछन् । फ्यान पेजमा समेत अभिनयको चर्चा निक्कै आयो । एक पटक सागर दुर्घटनामा मरेको खवर आयो । झुटो खवरले पनि उनको चर्चालाई झन् माथि लैजान मद्दत भयो । सागर भन्छन यो हल्लापछि झन् नेपालमै बस्ने हौसला बढ्यो । अरु नभएपनि मान्छे त कमाएको रैछु भन्ने लागेछ उनलाई । उनले यस्ता समेत शुभेच्छुक भेटेछन मरेको हल्लापछि दुई दिनसम्म खाना नै नखाएका बच्चा भेटिए ।
धेरैलाई फोन गरेपछि सागर नम्बर पत्ता लागेपछि बच्चाको बुवाले फोन गरेर रोएछन । र, भनेछन ‘थोरै समयको लागि भएपनि घर आइदिनु । उनको घर पुगेपछि बच्चाले निक्कैबेर अंगालोमा रोए । त्यसपछि पनि नाम कमाइएको रैछ भन्ने लाग्यो सागरलाई । उनी कसरी कलाकारिताको दुनियाँमा आइपुगे भन्ने उनी यसरी सुनाउँछन् । नेपाल टेलिभिजनमा प्रसारण हुने थोरै भए पुगीसरिमा उनका दाजु पनि कलाकार थिए । उमेको दूरी धेरै भइसकेपछि दाजुले कोरेको बाटो नै भाइहरूले पछ्याउने उनको बुझाइ छ । उनी भन्छन्, ‘दाइको उद्देश्य जे रहन्छ, भाइको उद्देश्य पनि धेरथोर त्यही हुनेरहेछ ।’ दाजु कलाकार बनिसकेपछि आफूमा पनि कलाकारको भोक जन्मेको उनी बताउँछन् । उनी कक्षा ५ मा पढ्दाताकाको कुरा हो । उनलाई उनका शिक्षकले सोधेछन्, मिस्टर सागर व्हाट इज योर एम ? जवाफमा उनले भनिदिए, ‘एम इज टु बी अ हिरो ।’ उनको जवाफ सुनेर सरले भनिदिए, द्याट्स नट एम, द्याट्स होब्बी अर्थात हिरो बन्ने चाहना लक्ष्य होइन, रुचि मात्र हो । त्यसबेला कलाकार बन्नुलाई लक्ष्य भन्दा पनि रुचिको रूपमा लिने गरिन्थ्यो। आज पनि आमसोचाइमा कलाकार बन्नुलाई लक्ष्यको रूपमा लिन नसकेको उनले बताए । एक दिन बालाजु पार्कमा नायक राजेश हमाल र पूजा चन्दको फिल्म सुटिङ भइरहेको थियो । बले अर्थात लम्साल पनि फिल्म सुटिङ हेर्न गए । उनले त्यो भीडबाट राजेश हमाल भनेर हुटिङ गरे । भीडबाट सानो फुच्चेले आफ्नो नाम लिएको सुनेर हमालले उनलाई बोलाए अनि उनको नाम सोधे । अन्तिममा उनले भने, बाबू, ठूलो मान्छे बन्नुपर्छ । त्यसबेला उनलाई लाग्यो, ठूलो मान्छे भनेको राजेश हमाल हो र राजेश हमाल बन्नुपर्छ । त्यस दिनदेखि बाल मस्तिष्कमा ठूलो मान्छे बन्नुपर्छ अर्थात राजेश हमाल बन्नुपर्छ भन्ने उनलाई लागिरह्यो । पढाइ सँगसँगै राजेश हमाल बन्ने लक्ष्य राखे उनले । कक्षा ८ मा जाँदा एक दिन उनले एउटा विज्ञापन देखे, जहाँ लेखिएको थियो, कलाकार र मोडल बन्न चाहने इच्छुकलाई सुनौलो अवसर । हिरो बन्ने लक्ष्य राखेका उनी पासपोर्ट साइजको फोटो बोकेर गए । त्यहाँ भएका व्यक्तिले तिम्रो उमेर न बालकलाकार बन्ने छ, न त हिरो बन्ने नै । अहिले पढ, पछि आऊु भनेर फर्काइदिए । उनले स्कुल लेभल सके । प्लस टु सके र स्पेनका लागि एप्लाई गरे । स्पेनले भिसा रिजेक्ट गरिदियो । किशोरावस्थामा जे देख्यो, त्यो हुनुपर्ने । जे चाह्यो, त्यो पाउनुपर्ने चाह रहन्छ । नपाउँदा विक्षिप्त हुनु किशोरावस्थाको स्वभाव हो । यो स्वभाव उनमा पनि देखियो। उनी सिए पढ्न भारत गए । बिहान कलेज, दिउँसो जागिर । नजिकका उनका अंकल भारतीय सेनामा आवद्ध थिए । अंकलले भेटमा हिन्दी लवजमा भनिरहन्थे, बढा आदमी बन्ना चाहिए । अंकलले यो कुरा गरेपछि उनले बच्चामा राजेश हमालले, बाबू, ठूलो मान्छे बन्नुपर्छ भनेको सम्झिए । त्यसपछि भारतमा मोडलिङ इन्ष्टिच्युट खोजे । भेटाएनन् । अंकलको ‘बढा आदमी बन्ना चाहिए’ र राजेश हमालको ठूलो मान्छे बन्नुपर्छ भन्ने भनाइले उनलाई झस्काइरह्यो । ठूलो मान्छे भनेको कलाकार हो भनेर उनी नेपाल फर्किए । सिए छाडेर पुनः उनी बिबिए भर्ना हुन कलेज गए तर उनका समकालीन साथीहरू माथिल्लो सेमेस्टरमा पुगेछन् । समकालीन साथीहरूको जुनियर बन्न उनको मनले मानेन । उनी बिबिएस पढ्न थाले( शंकरदेव क्याम्पसमा) । बिहान पढ्ने र दिउँसो लाजिम्पाटमा सेल्स ब्वायको काम गर्न थाले । एक दिन कलेजबाट काम गर्न जाने क्रममा बागबजारमा मोडलिङ इन्ष्टिच्युट देखे तर उनको मनमा कलाकार बन्ने जोस मरिसकेको थियो ।दद्ध उक्त बोर्डलाई नकार्दै उनी पुतलीसडकको बाटो हुँदै दरबारमार्ग पुगेका मात्र के थिए, मन मानेन । केके सिकाउँदोरहेछ, एकचोटि बुझ्छु भनेर उनी पुनः बागबजार आए । छुटसहित मोडलिङ सिकाउने भएपछि उनले मोडलिङ सिक्ने भए तर घरमा कसरी भन्ने ? घरमा उनले ढाँटे । म पुनः आइएलटिएस पढ्छुु भन्दै घरमा पैसा मागे र मोडलिङ क्लास ज्वाइन गरे । एक दिन आमाले कापी चेक गरिदिइन् र उनको झूट पर्दाफास भयो । त्यसपछि उनले सत्य बोले । छोराको इच्छाले जन्माएको झूटलाई आमाले माफी दिइन् । मोडलिङ सिकेको १५ दिनपछि उनले जागिर छाडिदिए । मोडलिङमा मात्र केन्द्रित भए । मोडलिङ क्लासमा त्यस बेला नाट्यकर्मी तथा कलाकार वीरेन्द्र हमालका विद्यार्थीसँग उनको मित्रता बढ्यो । साथीहरूले एक्टर बन्न एक्टिङ सिक्नुपर्छ भनिदिए । त्यसका लागि हमालले छ महिना कोर्सको २५ हजार रुपैयाँ लिने बताइदिए । २५ हजार रुपैयाँ तिर्ने उनको हैसियत थिएन तत्कालीन अवस्थामा । उनले एमआर थिएटर खोज्दै गए । वीरेन्द्रसँग छुट पाउन उनले झूट बोले । जहाँ गए पनि मलाई वीरेन्द्र हमालको विद्यार्थी भन्छन् । मलाई कुनै पनि हालतमा तपाईंले नाटक सिकाउनुर्पयो, भने । हमालले सिकाउँछु तर २५ हजार लाग्छु भनिदिए । आफ्ना बाबुआमा किसान भएको हुनाले २५ हजार रुपैयाँ तिर्ने आफ्नो हैसियत नभएको भन्दै उनले भावुकता प्रकट गरे । उनको भावुकतामा चिप्लिएर हमालले पाँच हजार रुपैयाँमा सिकाउने बचन दिए । उनी भन्छन्, सायद मैले झूट बोल्नुहुँदैनथ्यो। तत्कालीन अवस्थामा सरसँग झूट बोल्नु मेरो बाध्यता थियो र सरले ममाथि दया गर्नुभयो । यो झूट उनले आजसम्म पनि हमाललाई भनेका छैनन् । भद्रगोल छोडेर सोही टिमले अहिले सक्किगोनी टेलिश्रृंखला निर्माण गरिरहेको छ । लाखौं दर्शक स्रोतले एक दिनमै सक्किगोनी हेर्ने गरेका छन् । सागर लम्साल बले सक्किगोनीका मुख्य भूमिकामा छन् । सक्किगोनीको अलवा म्यूजिक भिडियोलगायतमा पनि बलेको क्रेज छ । अहिले उनको चर्चा सर्वत्र छ । अब कलाकारितामा सागर लम्साल एउटा स्थापित व्यक्ति हुन् । अहिले त बलेका फ्यानहरु लाखौँ छन् । उनको जीवन्त कलाकारिताका प्रशंसकहरु सर्वत्र भेटिन्छन् । उनले निर्वाह गरेको भूमिकामा उनले दर्शकलाई निराश बनाउदैनन् भन्नेमा उनका दर्शकहरु विश्वस्त भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय