उर्लाबारी । उर्लाबारी नगरपालिका, उर्लाबारी उद्योग बाणिज्य संघ, सुरक्षाकर्मीसहितको टोलीले उर्लाबारी बजार अनुगमन गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन उर्लाबारी नगरपालिकाले सुरक्षाको मापदण्ड पूरा गरेर मात्र ब्यवसाय गर्न अनुरोध गरेको थियो । सोही अनुरुपमा बजार अनुगमन गरिएको हो ।
अहिलेसम्म मोरङको उर्लाबारीमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिएको छैन । तर, पनि नगरपालिकाले सचेतनाको साथै कडाई गरिरहेको छ । नगरपालिकाले भदौं २१ गतेसम्म लकडाउन जारी राखेको छ । दिउँसो १२ बजेसम्म सुरक्षाको मापदण्ड पूरा गरेर बजार खुल्ला गरेको छ । नेपालमै कडा लकडाउन गरेर चर्चामा आएको उर्लाबारीमा हालसम्म विभिन्न देशबाट आएका १० जनामा कोरोना पोजेटिभ देखिएको थियो । हाल उनीहरु निको भएर घर फर्किसकेका छन् । ब्यवसायीहरुबाटै सुरक्षा मापदण्ड पूरा नगरी ब्यवसाय गर्ने गरेको पाइएपछि पहिलो चरणमा चेतावनीसहितको अनुगमन गरिएको छ । चेतावनीलाई वेवास्ता गर्दै तोकिएको मापदण्ड पूरा नगरे शिल गर्ने बताइएको छ । अनुगमनको क्रममा ब्यवसाय सञ्चालन गर्दा माक्सको प्रयोगको साथै ग्राहकहरुलाई पसल अगाडि साबुन पानी वा सेनिटाइजरको ब्यवस्था गर्न भनिएको छ । खाद्यान्य पसलहरुलाई पसलको बोर्ड, मुल्यसूची ग्राहकले देख्ने गरी राख्न अनुरोध गरिएको छ ।
लकडाउनका कारण ब्यवसायीहरु समस्यामा परेको भन्दै उर्लाबारी–७ का गणेश गुरुङले गुनासो राख्नुभयो ।
कोरोना भाइरसको संक्रमणको त्रासका कारण लामो समयदेखि लकडाउन हुँदा हरेक क्षेत्र प्रभावित बनेको उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले बताउनुभयो ।
उर्लाबारी नगरपालिकाको बैठकले ब्यवसायीहरुको समस्यालाई ध्यानमा राख्दै दिउँसो १२ बजेसम्म बजार खुल्ला गरेको र सुरक्षाको मापदण्ड चाँही सबैले पूरा गरी उर्लाबारीलाई सुरक्षित बनाउन सहयोग गर्न आग्रह गर्नुभयो ।
भदौँ १५ गतेदेखि एक साता सम्म दिउँसो १२ बजे सम्म मात्र बजार, बैक, रेमिट्यान्स, सहकारी सहित खोल्न पाउने निर्णय गरेको थियो । कोभिड–१९ सँग सम्वन्धित सुरक्षाका मापदण्ड (माक्स र सेनिटाईजर) अपनाई बजार, बैक, रेमिट्यान्स, सहकारी संस्थाहरु संचालन गर्न पाईने र उक्त बिधी नअपनाएमा तुरुन्त कारबाही गर्ने समेत निर्णय छ ।
यसैगरी बैठकले उर्लाबारी प्रवेश गर्ने सवारी तथा सामग्रीमा २४ घण्टा निगरानी गरी चालक र सहयोगीको स्वास्थ्य चेकजाँच गरेर मात्र प्रवेश दिने, कृत्रीम बजार सृजना गरी मुल्यृवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने, होटल तथा रेष्टुेन्टहरुले साँझ ७ बजे सम्म खुल्ला गरी होमडेलीभरीको प्रवन्ध मात्र गर्ने, नगरक्षेत्रमा मात्र जोर बिजोर प्रणाली अनुसार सवारी साधन संचालन गर्ने र स्थानिय हाट बजार, सैलुन, पार्लर, फुटसल, लज, पार्क, सभा सम्मेलन आदी पूर्ण रुपमा बन्द गरीने निर्णय भएको छ ।
नगरले पछिल्लो समयमा छिमेकी पालिकाहरुकाहरुमा संक्रमितको संख्या बढ्न थालेपछि दोस्रो पटक साउन २५ गते राती १२ देखि लकडाउन गर्दै आएको र समुदाय स्तरमा संक्रमण नभएका कारण नगरबासीकोे आवश्यकता र मागलाई ध्यानमा राखी सुरक्षाका विधी अपनाई आंशिक रुपमा बजार खुल्ला गर्ने निर्णय गरेको बताउँदै नगर प्रमुख खड्ग फागोले अवस्थामा थप सुधार आएमा क्रमिक रुपमा लकडाउनलाई खकुलो पार्ने निती नगरको भएको बताउनुभयो । तपाई हामी सबै सचेत भएर ब्यापार ब्यवसाय गरौं आफू पनि बचौं अरुलाई पनि बचाऔं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय