
उर्लाबारी नगरमा समुदाय स्तरमा कोरोनाको जोखिम नदेखिएता पनि यस जटिल परिस्थितिमा हाम्रो व्यापार ब्यबसाय उद्योगधन्दा, समाजिक परिबेश चौपट्ट भएको हामी माझ छुपेको छैन ।
भोलिका दिनमा कसरी टिक्ने चिन्ताले हामी उद्योगी ब्यवसायी लाई पिरोलिनु स्वभाबिक भए पनि पहिलो प्राथमिकता बाँच्नु र बचाउनु नै रहेछ । यस्तो परिस्थितिमा नेपाल सरकार तथा स्थानीय सरकारले गरेका नीति निर्णय र नियम भौतिक दुरी मानेर आज सम्म नै हामी सुरक्षित रहन सक्छौं भन्ने बिश्वब्यापी मान्यता अनुसार हामी सजग बनौं । समुदाय स्तरमा नदेखिएको समस्याको निदानका लागि सम्बन्धित क्षेत्र सजग नै छ, त्यसैले अब सुरक्षाको मापदण्ड अपनाएर ब्यापार ब्यासाय सञ्चालन गर्नुको बिक्लप छैन ।
आज सम्म हामीहरुले लकडाउनको पूर्णपालना गरेकै हो । कसैले यसको पालना नगरे जोखिममा आफै परिन्छ नै उता अनुगमन क्षेत्रले कार्वाही समेत गर्ने भएकोले सम्पूर्ण ब्यापारी ब्यबसायी तथा उपभोक्ता महानुभाव ज्युहरुले संयमित र धैर्यताका साथ बजार खुले पछि सामान खरीद र बिक्री गरी दिनुहुन अनुरोध गर्दछु । र, उपभोक्ता महानभाव ज्यु हरुले अनिवार्य माक्स लगाई दिनहुन र ब्यापारी ब्यवसायी मित्रहरुले आफ्नो पसल अगाडि हात धुने साबुन पानी र सेनीटाईजर अनिवार्य राखिदिनका अनुरोध गर्दै यस महामारीबाट आफु पनि बाचौ र अरुलाई पनि बचाउ भन्ने बिनम्र अनुरोध गर्दछु ।
अध्यक्ष प्रितम खड्गी
उर्लाबारी उद्योग वाणिज्य संघ